शुक्रबार, भदौ ५, २०८३

गण्डकी प्रदेशसभा एमालेद्वारा अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। सभामुख नेत्रनाथ अधिकारीले दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्। 
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

पोखरा– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। सभामुख नेत्रनाथ अधिकारीले दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्। 

बजेट छलफलका लागि डाकिएको बैठकमा एमालेले यसअघि मध्य असारमा गरिएको रकमान्तरको हिसाबकिताब माग्दै सदन रोकेको हो। असारको दोश्रो साता सरकारले १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो। यो रकम नातागोता र कार्यकर्ता पोस्नका लागि रकमान्तर गरिएको आरोप लगाएको छ।

‘के कारणले रकमान्तर गर्नुपर्यो? योजना कसरी छनोट भए?’ एमाले सांसद रामशरण बस्नेतले भने, ‘यसको हिसाबकिताब नआउँदासम्म यो सदन अघि बढ्न नसक्ने जानकारी गराउँछु।’ असार १ गते बजेट ल्याएपछि अहिलेसम्म संसद चलेको थिएन।

वर्खे अधिवेशन मार्फत प्रदेश सरकारले ल्याएको बजेट पास गर्ने कार्यसूची बनेको थियो।

प्रकाशित: Jul 11, 2021| 06:18 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।