शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिमका दुई जिल्लामा चेतावनी तहभन्दा बढी वर्षा

सुदूरपश्चिमका दुई जिल्लामा चेतावनी तहभन्दा बढी वर्षा

सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा भारी वर्षा भएको छ। प्रदेशको डडेल्धुरा र डोटीमा भारी वर्षा भएको बाढी मापन महाशाखाले जनाएको छ। 
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा भारी वर्षा भएको छ। प्रदेशको डडेल्धुरा र डोटीमा भारी वर्षा भएको बाढी मापन महाशाखाले जनाएको छ। 

डडेल्धुराको गाइवण्डे र डोटीको चिउरी स्टेशनको वर्षा मापन अनुसार चेतावनी तहभन्दा बढी वर्षा भएको हो।

बाढी मापन महाशाखा अनुसार एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, छ घण्टामा एक सय मिलिमिटर, १२ घण्टामा एक सय २० मिलिमिटर र २४ घण्टामा एक सय ४० मिलिमिटर वर्षालाई चेतावनी तह मानिएको छ। 

डडेल्धुराको गाइवण्डे स्टेशनमा पछिल्लो ६ घण्टामा एक सय दुई, १२ घण्टामा एक सय २३ र २४ घण्टामा एक सय २४ मिलिलिटर वर्षा भएको छ।

डोटीको चिउरीमा ६ घण्टामा ९८, १२ घण्टामा एक सय ८० दशमलब दुई र २४ घण्टामा एक सय ८२ मिलिलिटर वर्षा भएको छ।

सुदूरपश्चिमका अन्य जिल्लामा भने सामान्य वर्षा भएको छ। सुदूरपश्चिममा दुई तराई र सात पहाडी जिल्ला रहेका छन्।

प्रकाशित: Jul 11, 2021| 06:31 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।