शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था गरौं : वामदेव गौतम

राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था गरौं : वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरिनुपर्ने बताएका छन्।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरिनुपर्ने बताएका छन्।

राष्ट्रियसभा सदस्यसमेत रहेका गाैतमले राष्ट्रियसभा स्थायी सदन भएकाले यसको सदस्य प्रधानमन्त्री बन्दा सरकार पनि स्थायी हुने दाबी गरे।

बेलायतको प्रणाली नक्कल गर्दा राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्न नपाइने संवैधानिक व्यवस्था गरिएको भन्दै उनले यस्तो व्यवस्था अरु कुनै पनि देशमा नरहेको दाबी गरे।

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले राष्ट्रियसभा र प्रतिनिधिसभाको मान मर्यादामा कुनै पनि कमी नभए पनि राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुन नपाउने विभेदकारी नीति भएको बताए।

बेलायतमा उपल्लो सदन भनिने हाउस अफ कमन वा हाउस अफ लर्डजस्तै बनाएर जमिनदारहरुको मानसम्मानका लागि मात्रै नेपालको राष्ट्रियसभा नरहेको र राष्ट्रियसभामा पनि जनप्रतिनिधि नै हुने उल्लेख गरे।

निर्वाचित हुने पद्धति फरक भए पनि जननिर्वाचित सदस्यहरु नै राष्ट्रियसभाका सदस्य हुने भएकाले यो विभेदकारी नियम हटाउन उनको माग थियो।

गत वर्ष आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गरेको प्रस्तावका कारण आफ्नो चरित्र हत्या गरिएको स्मरण गर्दै नेता गौतमले आफ्नो यो सुझाव पुनः प्रस्तुत गरेका हुन्।

गौतमले बजेट प्रतिनिधिसभामा मात्रै पेश गरेर छलफल गरिएको भन्दै राष्ट्रियसभामा पनि बजेट पेश गरेर छलफल गर्नुपर्ने र राष्ट्रियसभा सदस्यहरु छलफलका लागि तयार रहेको उल्लेख गरे।

प्रकाशित: Jul 11, 2021| 09:07 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।