शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले स्थायी कमिटी बैठक ४ बजे, नेपाल पक्ष सहभागी नहुने संकेत

एमाले स्थायी कमिटी बैठक ४ बजे, नेपाल पक्ष सहभागी नहुने संकेत

नेकपा एमालेको स्थायी कमिटी बस्ने भएको छ। पार्टीको आन्तरिक असन्तुष्टि समाधानका लागि सिंहदरबारमा कार्यदलको बैठक जारी रहेका बेला स्थायी कमिटी बैठक बोलाइएको हो।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बस्ने भएको छ। पार्टीको आन्तरिक असन्तुष्टि समाधानका लागि सिंहदरबारमा कार्यदलको बैठक जारी रहेका बेला स्थायी कमिटी बैठक बोलाइएको हो।

बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षलाई पनि बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तर माधव नेपाल पक्षले भने कार्यदलको बैठक जारी रहेकोले स्थायी समिति बैठकबारे जानकारी नभएको बताएको छ।
स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले कार्यदलमा सहमति नजुटिसकेकाले स्थायी कमिटी बैठकमा जानेमा आशंका व्यक्त गरे।
उनले सहमति नभइसकेको अवस्थामा एकीकृत रुपमा बैठक बस्ने अवस्था नरहेको बताए।

तीन घण्टाभन्दा लामो समयदेखि सिंहदरबारमा जारी कार्यदलको बैठकले आज पार्टीको विवादित विषयहरु टुंगो लगाउने प्रयास गरिरहेको छ।

सहमतिको दस्ताबेज सार्वजनिक गर्ने भनिएको कार्यदलमा नेता नेपाल पक्षले सर्वोच्च अदालतमा पेश गरेका हस्ताक्षरको विषयमा केही असहमति रहेको बुझिएको छ। यद्यपि कार्यदलका सदस्यहरुले भने विवादित विषयबारे केही जानकारी सार्वजनिक गरेका छैनन्।

प्रकाशित: Jul 11, 2021| 09:38 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।