काठमाडौं- वीरेन्द्र अस्पताल छाउनीमा हेमोडाइलायसिस सेवा सुरु भएको छ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा हेमोडाइलायसिस सेवा सुरु गरिएको हो।
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र सेनापति पूर्णचन्द्र थापाले आइतबार सेवा उद्घाटन गरेका हुन्।
'महानगरबासिले सहज र सरल रुपववमा सेवा पाउन भन्ने उद्देश्यले हेमोडाइलायसिस सेवा सुरु गरेका हौं', महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘सेनासँग विशेषज्ञ सेवा भएकाले सहकार्य गरेर सेवा सुरु गरिएको हो।’
महानगरपालिकाले नेपाली सेनासंग सरसफाई र वृक्षारोपणमासमेत सँगै काम गरेको डंगोलले बताए।
महागरपालिको योसँगै ‘स्वस्थ्य मिर्गौला, स्वस्थ काठमाडौं’कमर्यक्रम पनि लागू गरेको उनले जानकारी दिए।
‘मिर्गौलासम्बन्धि रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न र लागेको भए पनि थप बिग्रिन नदिन स्वास्थ्य मिर्गौला स्वास्थ काठमाडौं कार्यक्रम ल्याएका हौं। यो सबै नगरबासिको सहजताका लागि ल्याइएको कार्यक्रम हो,’ डंगोलले नेपालसमयसँग भने।