एमाले नेता सुवास नेम्बाङले पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिप्रति नकारात्मक सोचाइ भएकाहरूले भ्रम फैलाइरहेको टिप्पणी गरेका छन्।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँट गरेको हो।
आइतबार राति भएको दसबुँदे सहमतिलाई अन्तिम रुप दिन र सहमतिपछि उत्पन्न विभिन्न खालका भ्रम चिर्नका लागि दुई नेताबीच भेटवार्ता हुन लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पुर्याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ।
भीमदत्त नगरपालिका क्षेत्रमा वर्षाका कारण डुबानमा परेका परिवारका घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा र अन्य महत्वपूर्ण सामान क्षति हुनबाट सशस्त्र प्रहरीले जोगाएको छ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको आन्तरिक कार्यदलले गरेको सहमतिको मर्मविपरीत धारणा राखेको भन्दै आपत्ति जनाएका छन्।