काठमाडौं- नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि फाराम खुला गरेको छ। साउन २८ र २९ गते हुने ६०औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षाका लागि फाराम खुला गरेको हो।
असार २९ गतेदेखि फाराम भर्न सकिने काउन्सिलले सूचनामार्फत जानकारी दिएको छ।
असार २९ देखि साउन १८ गतेसम्म नियमित तथा साउन १९ र २० गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ। अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था भने २४ घन्टा खुल्ला रहने काउन्सिलले जनाएको छ।
