शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नकारात्मक सोच भएकाहरुले दसबुँदेप्रति भ्रम फैलाइरहेका छन् : नेम्बाङ

नकारात्मक सोच भएकाहरुले दसबुँदेप्रति भ्रम फैलाइरहेका छन् : नेम्बाङ

एमाले नेता सुवास नेम्बाङले पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिप्रति नकारात्मक सोचाइ भएकाहरूले भ्रम फैलाइरहेको टिप्पणी गरेका छन्।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं– एमाले नेता सुवास नेम्बाङले पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिप्रति नकारात्मक सोचाइ भएकाहरूले भ्रम फैलाइरहेको टिप्पणी गरेका छन्। सहमतिका विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले विभिन्न टीकाटिप्पणी गर्न थालेपछि नेम्बाङको यस्तो प्रतिक्रया आएको हो।

उनले नेपाल समयसँग भने, ‘१० बुँदे सहमति भइसकेपछि सकारात्मक सोच नभइरहेकाहरूले विभिन्न हैल्ला फैलाइरहेका छन्।’ ओलीतर्फबाट कार्यदलका संयोजकसमेत रहेका नेम्बाङले सहमतिले पार्टी विवाद समाधान हुने बताए।

दसबुँदे सहमतिलाई लिएर वरिष्ठ नेता नेपालले आइतबार राति नै असन्तुष्टि जनाएका थिए। यस्तै नेपाल निकट नेताहरू विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाँक्रीलगायतले सहमतिप्रति विरोध जनाएका छन्।

पौडेलले प्रतिगमनका अगाडि घुँडा टेकेको भन्दै आपत्ति जनाएका छन्। उनले भनेका छन्, ‘सहमतिको लिखत प्रतिगमनका अगाडि घुँडा टेकेको हो। प्रतिनिधिसभा बिघटन गर्नु गलत थियो’ सम्म भन्न नसक्ने यस्तो सहमतिले पार्टी एकता हुन्न।’

प्रकाशित: Jul 12, 2021| 06:37 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।