शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहमतिको मसी सुक्न नपाउँदै एमालेमा नेताहरूबीच जुहारी सुरु

सहमतिको मसी सुक्न नपाउँदै एमालेमा नेताहरूबीच जुहारी सुरु

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा १० बुदे सहमतिको मसी सुक्न नपाउँदै नेताहरूबीच जुहारी सुरु भएको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा १० बुदे सहमतिको मसी सुक्न नपाउँदै नेताहरूबीच जुहारी सुरु भएको छ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालमा जुहारी चलेको हो। 

एमाले कार्यदलको सहमति लगत्तै थापाले सामाजिक सञ्जालमा ‘सर्वोच्चद्वारा न परमादेश न पुर्स्थापना’ भन्दै स्टाटस लेखेका थिए। 

‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३= १२३ मात्र। सर्वोच्चद्वारा न परमादेश न पुर्स्थापना! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो, जय नेपाल,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले फेसबुकमा लेखेका छन्।

नेता नेपालले थापाको स्टाटसप्रति आपत्ति जनाउँदै सोमबार बिहानै पार्टीको आन्तरिक कार्यदलले गरेको सहमतिको मर्मविपरीत धारणा सार्वजनिक भएको बताएका थिए। 

कार्यदलले गरेका सहमतिलाई अदालतको मानहानी गर्ने गरी व्याख्या गरिनु गलत र अस्वीकार्य रहेको नेता नेपालले बताएका छन्।

नेता नेपालले संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा गरिएको हस्ताक्षरबाट आफूहरू पछि नहटेको बताएका छन्।  सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका एमालेका २३ जना सांसदहरु सबै एकसाथ रहेको भन्दै नेता नेपालले आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको उल्लेख गरेका छन्।

नेता नेपालको स्पष्टीकरणपछि प्रधानमन्त्रीका सल्लाहकार थापाले अर्को स्टाटस लेख्दै आफूले कांग्रेस सभापति देउवालाई लक्षित गरेर लेखेको तर जवाफ अन्यत्रैबाट आएको उल्लेख गरेका छन्। नेता नेपालको प्रष्टिकरण अदालतको निर्णय प्रभावित पार्न र देउवालाई आश्वस्त पार्न आएको थापाको आरोप छ।

प्रकाशित: Jul 12, 2021| 03:55 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।