शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माछा मार्ने क्रममा सिमसारको पोखरीमा डुबेर एक पुरुषको मृत्यु 

माछा मार्ने क्रममा सिमसारको पोखरीमा डुबेर एक पुरुषको मृत्यु 

माछा मार्ने क्रममा मोरङको मिक्लाजुङ गाउँपालिका-६ स्थित बेतेनी सिमसारको पोखरीमा डुबेर आइतबार साँझ एक पुरुषको मृत्यु भएको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

विराटनगर- माछा मार्ने क्रममा मोरङको मिक्लाजुङ गाउँपालिका-६ स्थित बेतेनी सिमसारको पोखरीमा डुबेर आइतबार साँझ एक पुरुषको मृत्यु भएको छ।

प्रहरीका अनुसार पोखरीमा माछा मार्ने क्रममा डुबेर मिक्लाजुङ-३ का ५० वर्षीय आशबहादुर लिम्बूको मृत्यु भएको हो। माछा मार्नलाई भनेर पोखरीमा छिरेपछि लिम्बू आइतबार दिउँसो ३:३० बजेतिर डुबेर बेपत्ता भएका थिए। 

सिमसारमा डुबेर बेपत्ता भएपछि नेपाली सेनाको गोताखोर टोलीले साँझ शव फेला पारेको हो। घटनाको इलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान थालेको छ।

प्रकाशित: Jul 12, 2021| 01:51 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।