शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीका प्रेस सल्लाहकारको धारणा आपत्तिजनक, एमालेका २३ सांसद एक ठाउँमा छौं : माधव नेपाल

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको धारणा आपत्तिजनक, एमालेका २३ सांसद एक ठाउँमा छौं : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको आन्तरिक कार्यदलले गरेको सहमतिको मर्मविपरीत धारणा राखेको भन्दै आपत्ति जनाएका छन्।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको आन्तरिक कार्यदलले गरेको सहमतिको मर्मविपरीत धारणा राखेको भन्दै आपत्ति जनाएका छन्।

एमाले कार्यदलले आइतबार राति १० बुँदे सहमति जारी गरेको थियो। त्यस लगत्तै थापाले फेसबुक र ट्वीटमा ‘सर्वोच्चद्वारा न परमादेश न पुर्स्थापना’ भन्दै स्टाटस लेखेका थिए। उक्त स्टाटसमा नेता नेपालले आपत्ति जनाएका हुन्।

कार्यदलले गरेका सहमतिलाई अदालतको मानहानी गर्ने गरी व्याख्या गरिनु गलत र अस्वीकार्य रहेको नेता नेपालले बताएका छन्।

‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३= १२३ मात्र। सर्वोच्चद्वारा न परमादेश न पुर्स्थापना! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो, जय नेपाल,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले फेसबुकमा लेखेका छन्।

सोमबार बिहानै नेता नेपालले स्टाटस लेख्दै भनेका छन्, 'हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत छ। यो व्याख्या गलत र अस्वीकार्य छ।

उनले अदालतको विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी गरिने व्याख्या मान्य नहुने बताएका छन्। ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले) का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु,’ नेपालले लेखेका छन्।

प्रकाशित: Jul 12, 2021| 01:37 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।