शुक्रबार, भदौ ५, २०८३

छोरी जन्मिए बैंक खातामा गाउँपालिकाकाे १५ हजार

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाउ, छोरी पढाउने’ नारालाई अघि सारेको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाउ, छोरी पढाउ’ नारालाई अघि सारेको छ। गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीको नामको बैंक खाता सञ्चालन गरी रु. १५ हजार बचत कार्यक्रम ल्याएको छ।

ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र छोरीको भविष्य सुन्दर बनाउन गाउँपालिकाले कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए। ‘परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले रु. १५ हजार बचत गर्छ र त्यो बच्चाको परिवारलाई पनि अनिवार्य कम्तीमा रु. पाँच हजार वा त्योभन्दा बढी रकम जम्मा गर्न लगाइन्छ।’, उनले भने। उक्त रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च शिक्षाका लागि रकम प्रयोग गर्न सकिने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो। 

उक्त रकम पाउन गाउँपालिकाले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा जाँच गरे नगरेको रिपोर्ट कार्ड अनिवार्यसमेत गरेको छ। त्यसले गर्दा गर्भावस्थामा जाँच गर्नेको सङ्ख्यामा वृद्धि हुने गाउँपालिकाको अपेक्षा छ। गर्भवतीले अनिवार्य बर्थिङ सेन्टरमा बच्चा जन्माउनुपर्ने छ।  

कार्यक्रममार्फत बच्चा जन्मेको ३५ दिनमा नै जन्मदर्ता गराइसक्नुपर्ने व्यवस्था रहेकाले बच्चाको जन्म दर्ता पनि समयमा नै हुने अध्यक्ष थापाले बताए। मधेशमा महिलाको नागरिकता समयमा नै नबनाउने दरमा यो कार्यक्रमले कमी ल्याउने वडा नं ७ का वडाध्यक्ष दिनेश चौधरीले बताए। यसले महिला हिंसामा समेत न्यूनीकरण ल्याउने विश्वास गरिएको छ।

गाउँपालिकाले पहिलो छोरीको खातामा जम्मा गरिदिने उक्त रकमले छोरीलाई उच्च शिक्षा पढाउने भार पनि कम हुने र बिहेवारी गर्दा लाग्ने खर्चमा समेत राहत पुग्ने गाउँपालिकाको विश्वास छ। छोरीलाई नियमित विद्यालय जान र शिक्षाप्रति आकर्षित गर्न गाउँपालिकाले हरेक वर्ष कक्षा ६ भन्दामाथि अध्ययनरत छात्रालाई साइकल, शैक्षिक सामग्री र छात्रावृत्ति वितरण गर्दै आइरहेको छ। रासस

प्रकाशित: Jul 11, 2021| 09:29 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।