शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हस्ताक्षर फिर्ता लिने-नलिने विषयमै अड्कियो कार्यदल 

हस्ताक्षर फिर्ता लिने-नलिने विषयमै अड्कियो कार्यदल 

नेकपा एमालेको जारी कार्यदल बैठक अझै निश्कर्षमा पुग्न सकेको छैन। सहमतिको नजिकै छौँ भनेर नेताहरुले दिएको अभिव्यक्तिपछि लामो समयसम्म पनि कार्यदलले विवाद मिलाउन सकिरहेको छैन।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- नेकपा एमालेको जारी कार्यदल बैठक अझै निश्कर्षमा पुग्न सकेको छैन। सहमतिको नजिकै छौँ भनेर नेताहरुले दिएको अभिव्यक्तिपछि लामो समयसम्म पनि कार्यदलले विवाद मिलाउन सकिरहेको छैन।

प्रतिनिधिसभा पुनर्स्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदनको हस्ताक्षर फिर्ता लिने-नलिने विषय कार्यदलको टाउको दुखाई बनेको छ।
अध्यक्ष केपी ओली पक्ष हस्ताक्षर फिर्ता वा अरु कुनै हिसाबले त्यस विषयमा अहिले नै निर्णय हुनुपर्ने अडानमा छ देखिएको छ।

माधव नेपाल पक्ष अदालतको मुद्दा प्रभावित हुने गरेर हस्ताक्षर फिर्ता हुनै नस्कने अडानमा प्रस्तुत भएको छ। अरु विषयमा नेपाल पक्ष लचिलो रुपमा प्रस्तुत भएको कार्यदलका एक सदस्यले बताए।

सिंहदरबारमा जारी कार्यदल बैठकमा सहमति नजुटेपछि अहिले माधव नेपाल आफू निकट नेताहरूसित छलफलमा छन्। छलफलमा रहेका एक केन्द्रीय सदस्यले हस्ताक्षर फिर्ता र अदालतको मुद्दा प्रभावित पार्ने गरेर सहमति गर्ने पक्षमा आफूहरु नरहेको बताए। साथै अध्यक्ष ओलीले बालुटावारमा स्थायी कमिटी बैठक बोलाएकोमा समेत नेपाल पक्षको असन्तुष्टि देखिएको छ।

कार्यदलले विवाद मिलाइनसकेको अवस्था र स्थायी कमिटी सदस्यहरुमा आफ्नो पक्षको सहमतिवेगर मनोनित गरिएका पूर्व माओवादी तर्फका सदस्यहरुको उपस्थितिमा आफूहरु स्थायी कमिटी बैठकमा सहभागी नहुने नेपाल पक्षको अडान छ।

अध्यक्ष ओलीले स्थायी कमिटी बैठक जेठ २ कै भनेर बोलाएका हुन् । तर त्यसमा पुर्व माओवादीबाट सहभागी भएका र एकता प्रक्रियाबाट एमालेबाट थपिएका सहितको बैठक राखेका छन्, यसमा नेपाल पक्षको प्रष्ट असहमति देखिँदै आएको छ।

प्रकाशित: Jul 11, 2021| 11:31 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।