काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन्।
५ हजार ५३५ जनाको पीसीआर र ३ हजार ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। हाल २६ हजार १७३ जना सक्रिय संक्रमित छन्।
आइतबार काठमाडौं उपत्यकामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।