शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीनबाट आएको भेरोसेल केही दिनमै लगाउन थालिने, जे एन्ड जे सोमबार आइपुग्ने

चीनबाट आएको भेरोसेल केही दिनमै लगाउन थालिने, जे एन्ड जे सोमबार आइपुग्ने

पछिल्लो पटक चीनबाट खरिद गरी ल्याएको कोभिडविरुद्धको खोप भेरोसेल असारभित्रै लगाउन सुरु गर्ने गरी तयारी सरकारले गरेको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं– पछिल्लो पटक चीनबाट खरिद गरी ल्याएको कोभिडविरुद्धको खोप भेरोसेल असारभित्रै लगाउन सुरु गर्ने गरी तयारी सरकारले गरेको छ।

पहिलो चरणमा ३ वटा प्रदेशमा असारभित्रै खोप लगाउन सुरु गर्ने र बाँकी प्रदेशमा साउन पहिलो सातादेपखि लगाउन सुरु गरिने जनाइएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख झलक शर्मा गौतमका अनुसार पहिलो चरणमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा असारभित्रै खोप अभियान सुरु गरिनेछ।

ती प्रदेशमा खोप पुगिसकेको उनले बताए। बाँकी प्रदेशमा दुई दिनभित्रमा खोप पुग्ने गरी तयारी भइरहेको छ। सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोपको ४० लाख डोज नेपाल ल्याउने क्रम जारी छ। पहिलो चरणमा भेरोसेलको आठ लाख डोज खोप शुक्रबार ल्याइएको छ।

नेपाललाई अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख डोज कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार नेपाल आइपुग्ने भनिएको खोप कसलाई दिने भन्ने टुंगो लागिसकेको छैन।

एक डोज मात्र लगाए पुग्ने भनिएको यो खोप कुन समूहलाई दिने भन्ने विषय छलफलमै रहेको स्वास्थ्य मन्त्रालयका खोप सल्लाहकार समितिका संयोजक श्यामराज उप्रेतीले बताए। 
 

प्रकाशित: Jul 11, 2021| 06:26 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।