पोखरा- कोरोना भाईरसको नयाँ भेरियन्ट गण्डकी प्रदेशमा पनि पुष्टि भएको छ।
काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजन नवराज शर्माले जानकारी दिएका छन्।
परीक्षणका लागि गत जेठ ३१ गते गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ३ महिला र स्याङजाको कालिगण्डकी गाउँपालिकाका २ पुरुषको स्वाब काठमाडौं पठाइएको थियो। उनीहरुको रिपोर्ट प्रदेश स्वास्थ्य निर्देशनालयले आज सार्वजनिक गरेको हो।
यो भेरियन्ट अघिल्लो भेरियन्टभन्दा छिटो संक्रमण हुने भएकोले सुरक्षा मापदण्ड अपनाउन निर्देशनालयले अपिल गरेको छ।