प्रदेश २ लाई मदिरामुक्त घोषणा गर्न प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ। मदिरा सेवनपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा एक दर्जनभन्दा बढीको ज्यान गएपछि प्रदेशसभामा यस्तो प्रस्ताव दर्ता भएको हो।
मेलम्ची खानेपानी आयोजनाले कोरोना भाइरसका कारण आयोजनालाई कुनै असर नपर्ने बताएको छ। चिनियाँ ठेकेदार र र चिनियाँ कामदार भए पनि आयोजनाको काममा भने असर नपरेको आयोजनाले स्पष्ट पारेको छ।
कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण नेपाल–भारतका चार मुख्य भन्सार नाकाबाहेक अन्य नाका बन्द भएका बेला लुम्बिनीको कक्रहवा नाकाबाट अवैध रुपमा २४२ वटा भारतीय खसी नेपाल भित्रिएको पाइएको छ।
प्रदेश ५ मा रिक्त सांसदमा दाङका शंकर गिरी निर्वाचित भएका छन् । विपक्षी दलका नेता समेत रहेका नेपाली कांग्रेसका सांसद बलदेव शर्मा पोख्रेलको निधन भएपछि उक्त स्थान रिक्त रहँदै आएको...
पार्टीका विभिन्न विभागमा सभापति शेरबहादुर देउवाले गरेको मनोनयनका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टि जनाउँदै आए पनि सिटौला समूहले भने औपचारिक धारणा बाहिर ल्याएको छैन।