बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाशुपत क्षेत्रमा वैदिक सभ्यताको झल्को दिने यज्ञ गरिँदै

पाशुपत क्षेत्रमा वैदिक सभ्यताको झल्को दिने यज्ञ गरिँदै

यज्ञमा वैदिक मन्त्रद्वारा गाईको घिउ, बाख्राको दूध, भुटेको गहुँको सातु मिसाइएको चरुलाई आँकको समिधामा हवन गरिनेछ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं– वैदिक सभ्यताको झल्को दिन गरी पशुपति कैलाशमा महारुद्र याग गरिने भएको छ।

विश्वशान्ति र मानवकल्याणको कामनासहित यही चैत १३ देखि २५ गतेसम्म यज्ञ आयोजना गर्न लागिएको हो।

यज्ञमा वैदिक मन्त्रद्वारा गाईको घिउ, बाख्राको दूध, भुटेको गहुँको सातु मिसाइएको चरुलाई आँकको समिधामा हवन गरिनेछ।

११ जना ब्राह्मणले दैनिक बिहान ८ देखि १२ बजेसम्म हवन गर्ने कार्यक्रम रहेको यज्ञ आयोजक मूल समारोह समितिले जनाएको छ।

यस्तै १ देखि ३ बजेसम्म संकीर्तन हुनेछ भने साँझ वेदान्तबारे विभिन्न विद्वान्ले प्रवचन दिनेछन्।

महारुद्र याज्ञका लागि करिब एक करोड खर्च हुने अनुमान छ। यज्ञका मूल संकल्पकर्ता रामचन्द्र तिमल्सिनाले भने, ‘हामीले अर्थोपार्जनका लागि यज्ञ गर्न लागेका होइनौं। आवश्यक सहयोग श्रद्धालु भक्तजनबाटै हुनेछ।’

महारुद्र याग सम्पन्न गर्न पूर्वसासंद एवम् नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. विदुरप्रसाद पौडेलको संयोजकत्वमा मूल समिति गठन गरिएको छ।

के हो महारुद्र याग ?
शतरुद्रं जुहोति भन्ने वेद वाक्यका आधारमा शतरुद्रीय विधिले गरिने स्वाहाकार युक्त हवनात्मक पद्धतिलाई महारुद्रयाग भनिन्छ।

सातु, आँकको पत्र र समिधा प्रयोगका साथ आहूति गरिने यो यागलाई नेपालमै पहिलो महारुद्र याग मानिएको छ। हवनीय द्रव्यका रुपमा लिइने बाख्राको दूधलाई अति पवित्र मानिन्छ।

अरणिमन्थनका माध्यमद्वारा अग्नि प्रकट गराई सो अग्निका माध्यमबाट यज्ञ गरिनेछ। यो यज्ञको विधान शतपथ ब्राह्मणमा उल्लेख छ।

यस्तै अर्कपर्णेन जुहोतिू अर्थात् अर्करआँकका पत्रद्वारा हविसहितको समिधाले हवन गर भन्ने श्रुतिवाक्यका आधारमा समिधा चयन गरिन्छ।

आहूति संख्या दैनिक २४, ०६८ हुनेछ भने एघार दिनको महारुद्र आहूति संख्या २, ६४, ७४८ हुनेछ। यज्ञ सम्पादनका लागि मण्डप, गौशाला (गाईको गोठ), अजाशाला (बाख्राको खोर) हविर्धानी मण्डप (हवन सामग्री तयार गर्नका लागि हविशोधन भुट्ने, पिन्ने र मोल्नुका साथै भण्डारण) तयार पार्ने क्रम तीव्र रुपमा भइरहेको छ।

यागमा संकल्पकर्ता यजमानका लागि यजमानशाला, यजमानकी अर्धाङ्गिनीका लागि पत्नीशाला, हवनीय द्रव्य आहूतिका लागि यज्ञशाला, यज्ञ र यज्ञपुरुषको महात्म्य वर्णनका लागि प्रवचनकक्ष, सूचनाकक्ष र मण्डप तयार गरिनेछ।

प्रकाशित: Mar 16, 2020| 06:47 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।