बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट ४७ देशका नागरिककाे मृत्यु, कुन देशमा कतिको ज्यान गयाे ?

कोरोनाबाट ४७ देशका नागरिककाे मृत्यु, कुन देशमा कतिको ज्यान गयाे ?

१ सय ५७ देशमा फैलिएको कोरोनाका कारण अहिलेसम्म ४७ देशका ६ हजार ५१६ जनाले ज्यान गुमाएका छन् ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं– महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ५७ देशमा फैलिएको छ। कोरोनाकै कारण अहिलेसम्म ४७ देशका ६ हजार ५१६ जनाले ज्यान गुमाएका छन्।

तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६९ हजार ५६७ जना संक्रमित हुँदा सोमबार बिहानसम्म६ हजार ५१६ जनाको मृत्यु भएको हो ।

बितेको २४ घण्टामा मात्रै कोरोनाका कारण ६ सय ८३ जनाको मृत्यु भएको वर्ड ओ मिटरले जनाएको छ । 

पछिल्लो समय युरोपियन मुलुक इटालीमा तीव्र गतिमा संक्रमण बढेको छ भने मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ। नयाँ संक्रमित र मृत्यु संख्याका आधारमा इरान दोस्रो नम्बरमा छ।

यद्यपि अहिलेसम्म संक्रमित र मृत्यु हुनेकाे संख्या चीनमै सबैभन्दा बढी छ।

चीनमा ८० हजार ८६० जना कोरोनाबाट संक्रमित भएका थिए। जसमध्ये ६७ हजार ७५२ जना निको भएर घर फर्किएका छन् भने ९ हजार ८९५ जना अहिले उपचार छन् । अहिलेसम्म चीनमा कोरोनाबाट ३ हजार २१३ जनाले ज्यान गुमाएका छन्।

इटालीमा भने २४ हजार ७४७ जनामा संक्रमण देखिँदा २ हजार ३३५ मा मात्रै निको भएका छन् भने २० हजार ६०३ जना उपचाररत छन् । इटालीमा १ हजार ८०९ जनाको मृत्यु भइसकेको छ ।

कुन देशमा कतिको मृत्यु ?

चीन– ३२१३

इटाली– १८०९

इरान– ७२४

स्पेन– २९२

फ्रान्स– १२७

दक्षिण कोरिया– ७५

अमेरिका– ६९

बेलायत– ३५

जापान– २४

नेदरल्याण्ड– २०

स्विजरल्याण्ड– १४

फिलिपिन्स– १२

जर्मनी– ११

इराक– १०

डाइमन्ड प्रिन्सेस– ७

सानमारिनो– ७

अष्ट्रेलिया– ५

इन्डोनेसिया– ५

ग्रीस– ४

बेल्जियम– ४

हङकङ– ४

अल्जेरिया– ४

नर्वे– ३

स्विडेन– ३

पोल्यान्ड– ३

लेबनान– ३

डेनमार्क– २

आयरल्याण्ड– २

इजिप्ट– २

भारत– २

अर्जेन्टिना– २

बुल्गेरिया– २

इक्वेडर– २

पानामा– १

अल्वानिया– १

अष्ट्रिया– १

क्यानडा– १

स्लोभेनिया– १

थाइल्यान्ड– १

लग्जेम्बर्ग– १

हंगेरी– १

मोरक्को– १

अजरबैइजन– १

युक्रेन– १

गुयाना– १

ग्वाटेमाला– १

सुडान– १

प्रकाशित: Mar 16, 2020| 03:39 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।