बिहीबार, भदौ ४, २०८३

प्रदेश–५ को रिक्त सांसदमा दाङका गिरी निर्वाचित

प्रदेश ५ मा रिक्त सांसदमा दाङका शंकर गिरी निर्वाचित भएका छन् । विपक्षी दलका नेता समेत रहेका नेपाली कांग्रेसका सांसद बलदेव शर्मा पोख्रेलको निधन भएपछि उक्त स्थान रिक्त रहँदै आएको थियो ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

भैरहवा । प्रदेश ५ मा रिक्त सांसदमा दाङका शंकर गिरी निर्वाचित भएका छन् । विपक्षी दलका नेता समेत रहेका नेपाली कांग्रेसका सांसद बलदेव शर्मा पोख्रेलको निधन भएपछि उक्त स्थान रिक्त रहँदै आएको थियो ।

प्रदेश सभामा समानुपातिकतर्फ एक सदस्य पद रिक्त थियो । रिक्त पदमा नेपाली कांग्रेसको सिफारिसमा गिरीलाई नियुक्त गरिएको हो। निर्वाचन आयोगले गिरीलाई आइतबार निर्वाचित भएको घोषणा गरेको र छिट्टै राजपत्रमा प्रकाशित गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई जानकारी गराएपछि प्रदेश प्रमुख कार्यालयले प्रदेश सभालाई जानकारी दिने छ। सभामुखबाट सपथ ग्रहण लिएपछि गिरीले प्रदेशसभामा औपचारिक रुमा प्रवेश गर्ने छन् । २०७४ सालको चुनावमा प्रदेश सभातर्फ समानुपातिक सूचीमा रहेपनि २ वर्षपछि मात्र प्रदेश सभा प्रवेश गने अवसर पाएका हुन् ।

प्रकाशित: Mar 16, 2020| 05:07 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।