बिहीबार, भदौ ४, २०८३

राष्ट्रियसभा बैठक आज, आधा दर्जन विधेयक पेश गरिँदै

 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं– राष्ट्रियसभाको बैठकमा आज (सोमबार) आधा दर्जन विधेयकहरू पेश हुने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने बताइएको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक पेश गर्नेछन्।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विधेयक २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संसोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने संसद् सचिवालयले जनाएको छ। यस्तै, उनले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको पारमाणविक विधेयकमाथि सदनमा छलफलको प्रस्ताव गर्ने कार्यसूची छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले प्रमाण (दोस्रो संशोधन) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाति विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने बताइएको छ।

प्रकाशित: Mar 16, 2020| 03:17 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।