बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किशोरावस्थामै दुवै मिर्गौला बिग्रिएपछि सुस्मिताले गरिन् जीवन रक्षाको आग्रह

किशोरावस्थामै दुवै मिर्गौला बिग्रिएपछि सुस्मिताले गरिन् जीवन रक्षाको आग्रह

कास्कीको माछापुछ्रे गाउँपालिका–३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गरेकी छिन्।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

कास्कीको माछापुछ्रे गाउँपालिका–३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गरेकी छिन्।

रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजनिक अपील गरेकी हुन्।

चिकित्सकका अनुसार उनको दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । उनी गत फागुन ९ गते स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पुगेकी थिइन्। उपचारका क्रममा चिकित्सकले उनका दुवै मिर्गौलामा समस्या रहेको पत्ता लगाएका थिए ।

हप्तामा दुई दिन डायलाइसिस गराइरहेकी उनलाई चिकित्सकले मिर्गौला प्रत्यारोपणका लागि काठमाडौं रिफर गरेका छन् । “पैसा छैन, कसरी काठमाडौं जानु ? डाक्टर सरले छिटो काठमाडौ जानुस् भन्नुभएको छ,” पीडित किशोरीले भनिन् ।

उनका बुबाआमाले मजदूरी गरेर दैनिक छाक टार्दै आएका छन्। “उपचार गर्न परिवारसँग पैसा छैन । मेरो जीवनरक्षा गरिदिन सहयोगी हातालाई विनम्र अनुरोध गर्दछु,” उनले भनिन् ।

कक्षा १२ उत्तीर्णपछि स्नातक अध्ययनको तयारीमा रहेकी सुस्मिताले गत मङ्सिरदेखि गाउँकै मेघराज आधारभूत विद्यालयमा निजी स्रोतमा अध्यापन गर्नसमेत शुरुआत गरेकी थिइन्।

किशोरीका बुबा सुरेश परियारले चिकित्सकले आफन्तले मिर्गौला प्रदान गरेको अवस्थामा एउटा मिर्गौला प्रत्यारोपणका लागि रु. १८ देखि २० लाखसम्म खर्च हुने बताएको जानकारी दिए। उनले आवश्यक सहयोग गरेर छोरीको जीवन बचाइदिन आग्रह गरेकी छिन्।

किशोरीको स्वास्थ्य समस्याका बारेमा सार्वजनिक भएपछि अहिले गाउँवासी स्वदेश तथा विदेशमा रहेका व्यक्तिले सहयोग गर्ने क्रम शुरु भएको छ । स्थानीय केही युवाले ‘मिर्गौला पीडित सुस्मिता बचाउ’ अभियानमार्फत सहयोग जुटाउन शुरु गरेका छन् ।

किशोरीलाई सहयोग गर्न इच्छुक व्यक्तिले माछापुच्छ्रे बैंकमा सुस्मिता परियारको नाममा खोलिएको खाता नं १८६५५२४६६६७६९०१६ मा जम्मा गर्न सकिने गरी प्रबन्ध गरिएको अभियानकर्मी जिएम रानाभाटले बताए।

रासस

प्रकाशित: Mar 16, 2020| 04:22 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।