सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको विषय कोरोना भाइरस (कोभिड–१९) कारण ओझेलमा परेको बताएका छन्। सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संसदीय मामिला हेर्ने सञ्चारकर्मीहरुसँगको अनौपचारिक छलफलमा उनले एमसीसी ओझेलमा परेको जस्तो देखिए पनि छलफल भने भइरहेको बताए ।
प्रतिनिधिसभामा उपसभामुख पद रिक्त भएको सम्बन्धमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सभामुख सापकोटाले राजनीतिक दलहरुबीच सहमति नहुँदा उपसभामुख चयन प्रक्रियामा ढिलाइ भएको बताए । यसबारे दलहरुसँग परामर्श गरिरहेको उनको भनाइ थियो ।
सीमा व्यवस्थापनको विषय गम्भीर रहेको बताउँदै सभामुख सापकोटाले यसबारे कहीँ कतैबाट दबाब भने नआएको स्पष्ट पारे ।
नागरिकता विधेयकलाई पनि यही अधिवेशनमा अगाढि बढाउने उनको भनाइ थियो।