बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तस्करले नै सकारे प्रहरीले समातेका खसी, ३६ लाखका खसी ९ लाखमा लिलाम

तस्करले नै सकारे प्रहरीले समातेका खसी, ३६ लाखका खसी ९ लाखमा लिलाम

कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण नेपाल–भारतका चार मुख्य भन्सार नाकाबाहेक अन्य नाका बन्द भएका बेला लुम्बिनीको कक्रहवा नाकाबाट अवैध रुपमा २४२ वटा भारतीय खसी नेपाल भित्रिएको पाइएको छ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

भैरहवा । कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण नेपाल–भारतका चार मुख्य भन्सार नाकाबाहेक अन्य नाका बन्द भएका बेला लुम्बिनीको कक्रहवा नाकाबाट अवैध रुपमा २४२ वटा भारतीय खसी नेपाल भित्रिएको पाइएको छ।

इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले खसी तस्करी गर्दै गरेको अवस्थामा लु १ ख ९८९५ नम्बरको ट्रकसहित बरामद गरी थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाएको थियो । भन्सार कार्यालयले ३६ लाख ३० हजार रुपैयाँ बजार मूल्य पर्ने खसी ९ लाख ८ हजारमा लिलाम गरेको छ ।

भन्सारले लिलाम गरेका खसी तस्करीमा संलग्न नुनु मुसलमानले नै सकारेका छन् । आइतबार साँझ अबेर भन्सार कार्यालयले लिलामको सूचना निकालेको थियो । सोही सूचना अनुसार रौतहटका जमिल अख्तर, नवलपरासीका दिवस रेग्मी, भैरहवाका दीलिप कुमार गुप्ताले लिलाम सकार्ने सूचना भरेको देखिन्छ ।

तर, ३३ लाखमा खसी सकार्नेगरी एकजना व्यापारी आएको भए पनि नुनु मुुसलमानले अरुलाई फर्म भर्न नदिई सेटिङ मिलाएर आफ्नो मान्छेलाई फर्म भराएर प्रक्रिया पूरा गरी लिलाम सकारेको एक व्यापारीले बताए । उनले भने, ‘लगभग ३५ लाखको खसी हो । हामीले ३३ लाखमा लिनेगरी गएका थियौं तर हामीलाई फर्म भर्न रोकियो । के लफडा गर्नु भनेर चुपचाप फर्कियौं । जसले तस्करी गराएर ल्याएको थियो, उसैले सकारेको छ ।’

यता भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालले भने प्रहरीको रोहबरमा सूचना निकालेको र प्रक्रिया अनुसार तीन जनाले फर्म भरेको बताए । उनले बढाबडको आधारमा जसले बढीमा सकार्ने कबुल गर्यो, उसैलाई नियमानुसार दिएको बताए । रौतहटका जमिल अख्तरले ९ लाख ८ हजार, नवलपरासीका दिवस रेग्मीले ९ लाख ५ हजार र भैरहवाका दीलिप कुमार गुप्ताले ९ लाख ७ हजारमा सकार्ने कबुलसहित फर्म भरेका थिए ।

२ सय ४२ वटा भारतीय खसीसहितको ट्रक नेपाल भित्रनुले रुपन्देहीमा चोरी तस्करी सेटिङमै चलिरहेको पुष्टि भएको छ । लुम्बिनी महजेदियाका स्थानीय विपिन मिश्राका अनुसार साइकल र मोटरसाइकलमा कालिदह कक्रहवा क्षेत्रबाट रातभरी मूल सडकबाट नै तस्करी भइरहेको छ ।

सरकारले एक वर्ष अगाडिदेखि स्वास्थ्य प्रमाणपत्र नभएका खसीबोका आयातमा रोक लगाएपछि भैरहवा भन्सारबाट खसीबोका आयात शून्य छ । भारतमा स्वास्थ्य प्रमाण पत्र दिने कार्यमा त्यहाँको सरकारले कडाइ गरेको छ ।

सरकारले कडाइ गरे पनि छोटी भन्सारको नाका हुँदै र खुला सीमानाको फाइदा उठाउँदै तस्करहरुले दैनिक बिहानीपख बोरामा बेरेर सीमापारी खसी काटेर मोटरसाइकलमा हालेर सीमावारी ल्याउने गरेको स्थानीय बताउँछन्।

प्रकाशित: Mar 16, 2020| 07:26 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।