बिहीबार, भदौ ४, २०८३

राष्ट्रपति भण्डारी अस्वस्थ

राष्ट्रपति विद्यादेवी भण्डारी बिरामी परेकी छन्।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि तीन दिनदेखि उनले कसैसँग भेटघाट गरेकी छैनन्।

“तीन–चार दिनदेखि उहाँको घाँटी र नाकमा समस्या देखिएको छ। त्यही भएर कसैसँग भेटघाट गर्नु भएको छैन,” राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, “आन्तरिकरूपमा उहाँको उपचार भइरहेको छ।”

राष्ट्रपति भण्डारी बिरामी भएपछि प्रदेश प्रमुखहरूले पनि उनलाई भेट्न पाएका छैनन्। यद्यपि, स्वास्थ्य समस्या सामान्य भएको र चाँडै निको हुने बताइएको छ।

प्रकाशित: Mar 16, 2020| 05:43 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।