बिहीबार, भदौ ४, २०८३

गैंडा गणना चैत १० गतेदेखि

गैंडा गणना यही चैत १० गतेदेखि हुने भएको छ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

चितवन– गैंडा गणना यही चैत १० गतेदेखि हुने भएको छ। सन् २०१५ पछि गैंडा गणना हुन लागेको हो।

गैंडाको प्रमुख बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जले गैंडा गणनाको तयारी सुरु गरेको जनाएको छ। यसका लागि निकुञ्जले चैत ७ र ८ गते सौराहामा तालिम आयोजना गर्न लागेको छ। तालिममा निकुञ्जका कर्मचारी, हात्तीसार, राष्ट्रिय प्रकृति संरक्षण कोष कर्मचारी गरी सय जनाको सहभागी हुँदैछन्।

निकुञ्जका अनुसार चितवनसँगै पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने छ।

गैंडा गणनाका गर्न चैत महिना राम्रो हुने बताइएको छ। गैंडा गणना गर्न हात्तीको प्रयोग गरिन्छ। गर्मी बढेपछि हात्ती थाक्ने भएकाले चैत महिनामा गैंडा गणना गर्नु राम्रो मानिन्छ।

नेपालमा सन् १९९४ ,२०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना गरिएको थियो। पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैंडा देखाएको थियो। चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटामा गैंडाको संख्या ६ सय ४५ छ। चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैंडाको वासस्थान छ।

पछिल्लो गैंडा गणनापछि सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा चितवनबाट गैंडा स्थानान्तरण गरिएको थियो। यसले पनि गैंडाको संख्या बढ्नसक्ने अनुमान गरिएको छ।

सन् २०१५ को गणनापछि चोरी सिकारबाट मर्ने गैंडाको संख्या नगन्य छ। प्राकृतिक कारणले मर्नेको संख्या भने उकालो लागिरहेको छ।

रासस

प्रकाशित: Mar 16, 2020| 03:32 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।