बिहीबार, भदौ ४, २०८३

कांग्रेसमा सिटौला समूह सक्रिय

पार्टीका विभिन्न विभागमा सभापति शेरबहादुर देउवाले गरेको मनोनयनका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टि जनाउँदै आए पनि सिटौला समूहले भने औपचारिक धारणा बाहिर ल्याएको छैन।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं– नेपाली कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका कृष्णप्रसाद सिटौला समूह चौधौं महाधिवेशनका सम्बन्धमा रणनीति तय गर्न जुटेकाे छ। 

पार्टीका विभिन्न गठन र मनोनयनका सम्बन्धमा मौन रहँदै आएको सिटौला समूहले यसबारे पनि धारणा सार्वजनिक गर्ने भएको छ।

पार्टीका विभिन्न विभागमा सभापति शेरबहादुर देउवाले गरेको मनोनयनका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टि जनाउँदै आए पनि सिटौला समूहले भने औपचारिक धारणा बाहिर ल्याएको छैन।

पछिल्लो समयमा सिटौला समूहका केही नेता सभापति देउवा निकट हुन थालेका र केही वरिष्ठ नेता पौडेल समूहतर्फ ढिल्कएको सन्देश कार्यकर्तामा जान थालेपछि सिटौला समूह सक्रिय भएको हो।

सभापति देउवा र रामचन्द्र पौडेल समूह पार्टीको १४औं महाधिवेशनको आन्तरिक तयारीमा जुटिसकेका छन्।

अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्यासी बनेका सिटौलाले पार्टीका विभिन्न विभाग गठन र महाधिवेशनमा आफ्नो भूमिकाबारे केही धारणा सार्वजनिक गरेका छैनन्। 

पार्टीका पछिल्लाे गतिविधि र महाधिवेशनबारे सोमबार हुने भेलामा पूर्वमहामन्त्रीसमेत रहेका सिटौला, नेता गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधानलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य शिव हुमागाईंले जानकारी दिए।

भेला समसामयिक राजनीतिक परिस्थिति र आगामी महाधिवेशनमा केन्द्रित रहने अर्का एक केन्द्रीय सदस्यले बताए।

उनले भने, ‘सिटौला समूह अलमलमा परेको छ भन्ने केही गलत सन्देश गएको छ। हामी अलमलमा छैनौं, विगतमा जस्तै हाम्रो भूमिका आगामी दिनमा पनि स्पष्ट रहनेछ भन्ने सन्देश दिन भेला आयोजना गरिएको हो।’

भेला साेमबार १२ बजे अनुपम फुडल्यान्डमा हुने कार्यक्रम छ।

प्रकाशित: Mar 16, 2020| 04:17 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।