आइतबार, असोज २५, २०८३

कोरोना भाइरसको खोप आज मान्छेमा परीक्षण गरिने

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोप आज (सोमबार) मान्छेमा परिक्षण गरिने भएको छ ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं- विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोप आज (सोमबार) मान्छेमा परीक्षण गरिने भएको छ ।

अमेरिकामा यो खोपको पहिलो पटक मान्छेमा परीक्षण हुन लागेको हो । सोमबार ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरूलाई यो खोप दिएर परीक्षण गरिने छ । संक्रमित नभएका ती स्वयंसेवीहरूले खोपका विभिन्न मात्रा लिने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले परीक्षणको व्यवस्था मिलाएको खोपको नाम एम.आर.एन.ए–१२७३ राखिएको समाचार संस्था एपीले उल्लेख गरेको छ ।

पहिलो चरणमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ ।

खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने हेर्नका लागि प्रारम्भिक परीक्षण गर्न लागिएको र यसले बिस्तारित स्तरमा परीक्षणका लागि मार्ग प्रशस्त गर्ने जनाइएको छ । खोपमा कोरोना भाइरसको कुनै पनि अंश नरहेको जनाइएको छ ।

प्रकाशित: Mar 16, 2020| 04:51 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।