बिहीबार, भदौ ४, २०८३

सतुंगलबाट साढे ५ लाख थान मास्क बरामद

काठमाडौंको सतुंगलबाट करिब साढे ५ लाख थान सर्जिकल मास्क बरामद गरिएकाे छ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं– प्रहरीले काठमाडौंको सतुंगलबाट करिब साढे ५ लाख थान सर्जिकल मास्क बरामद गरेको छ।

चन्द्रागिरि नगरपालिका–१० स्थित विष्णुदेवी गोदाममा १ सय ७७ बोरामा लुकाई राखेको अवस्थामा साढे ५ लाख थान मास्क बरामद गरेको थानकोट प्रहरी वृत्तले जनाएको छ।

थानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक राजेश शर्माका अनुसार लुकाइछिपाई राखेको उक्त मास्कसहित सुरत गोयल र महेश्वरीलाई नियन्त्रणमा लिइएको छ।

प्रतिमास्क २–३ रूपैयाँ मूल्य पर्ने उक्त मास्क बजारमा ४०–५० रूपैयाँमा बिक्री गर्ने गरेको खुलेपछि गोदाममा छापा मारेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसरले शनिबार कपनबाट १ लाख ६८ हजार थान र आइतबार डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो।

कोरोना भाइरसको संक्रमणको त्रासको फाइदा उठाउँदै व्यापारीले मास्सको कृत्रिम अभाव देखाउदै चर्को मूल्य असुलेर बिक्री गरिरहेको भेटिएपछि प्रहरीले सक्रियता बढाएको छ।

प्रकाशित: Mar 16, 2020| 05:02 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।