आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको असर मेलम्ची आयोजनामा नपर्ने, असोजमै पानी आइपुग्ने दाबी

कोरोनाको असर मेलम्ची आयोजनामा नपर्ने, असोजमै पानी आइपुग्ने दाबी

मेलम्ची खानेपानी आयोजनाले कोरोना भाइरसका कारण आयोजनालाई कुनै असर नपर्ने बताएको छ। चिनियाँ ठेकेदार र र चिनियाँ कामदार भए पनि आयोजनाको काममा भने असर नपरेको आयोजनाले स्पष्ट पारेको छ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले कोरोना भाइरसका कारण आयोजनालाई कुनै असर नपर्ने बताएको छ। चिनियाँ ठेकेदार र र चिनियाँ कामदार भए पनि आयोजनाको काममा भने असर नपरेको आयोजनाले स्पष्ट पारेको छ।

मेलम्ची आयोजनाका प्रमुख तिरेश खत्रीले मेलम्ची आयोजनामा लाग्ने सम्पूर्ण सामग्रीको जोहो भइसकेको र चिनियाँ कामदार तथा नेपाली कामदारले काम गरिरहेकोले आयोजनामा कुनै असर नपर्ने बताए।

आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले पनि मेलम्चीको कामलाई कोरोनाले कुनै असर नगर्ने बताए । उनले भने, ‘आयोजनास्थलमा २५० जना नेपाली र ५० जना विदेशी कामदार अहोरात्र खटेर काम गरिरहेका छन्। आयोजनाको लागि चाहिने सामग्री पनि नेपालमै पाइने भएकोले केही असर गर्दैन।’

ठेकेदार कम्पनीले बोनस खाने गरी काम सक्ने दाबी गरेको र आयोजना समय अगावै सकिनेमा आफू ढुक्क रहेको पनि पन्तले बताए। मेलम्ची आयोजनाले आगामी असोजमा काठमाडौंमा पानी भित्र्याउने गरी खानेपानी मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेको छ।

प्रकाशित: Mar 16, 2020| 07:50 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।