प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाई दायर रिटका सम्बन्धमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे आइतबार तीनवटै निकायले लिखित जवाफ पेस गर्दै छन्।
मोरङ बुढीगंगा १ को आरती स्ट्रिप्स प्रालिले विना कारण कामबाट १५० कर्मचारीलाई हटाएपछि श्रम तथा रोजगार कार्यालय विराटनगरले बैंक खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।