काठमाडौं– नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्दै छ।
दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिए।
‘प्रतिनिधिसभा विघटनविरुद्ध घोषणा गरिएको दोस्रो चरणको आन्दोलन र संगठन व्यवस्थापन लगायतका बारेमा छलफल गर्न लागिएको हो,’ उनले भने।
दाहाल–नेपाल समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा केन्द्रीय संघर्ष समिति गठन गरेको छ।
यसअघि पहिलो चरणको आन्दोलन गरिसकेको दाहाल–नेपाल समूहले शनिबार दोश्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको थियो।
समितिले पुस २० देखि माघ २३ गतेसम्म विभिन्न किसिमका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।