आइतबार, भदौ २१, २०८३

नेपाल 'ए' ले न्यूजील्याण्ड 'ए' लाई दियो २१२ रनको लक्ष्य

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

काठमाडौं- नेपाल ए टिमले न्यूजील्याण्ड ए लाई २१२ रनको लक्ष्य दिएको छ। अस्ट्रेलियामा जारी एकदिवसीय खेल अन्तर्गत नेपाल ए ले पहिला ब्याटिंग गर्दै ५० ओभरमा २११ रन बनाएको हो।

नेपाल ए का पवन सराफले सर्बाधिक ६१ रन बनाएका थिए भने लोकेश बमले ४७, कप्तान अनिल कुमार शाहले २४, मयन यादवले २० रन बनाएका थिए।

त्यस्तै न्यूजील्याण्ड ए का बलर माट फिसरले सर्बाधिक ४ विकेट लिएका थिए भने काटेन क्लार्क र आदि अशोकले २-२ विकेट लिएका थिए।

प्रकाशित: Sep 06, 2026| 10:23 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्