काठमाडौं । मानिसका सपनाहरू केवल शहर प्रवेश गर्दैमा पूरा हुँदैनन्, तिनलाई साकार पार्न चाहिन्छ-अथक मेहनत, निरन्तरको लगनशीलता र सही दृष्टिकोण। यही सपनालाई पछ्याउँदै दुई दशकअघि रामेछापको मन्थलीबाट काठमाडौं भित्रिएका गणेश कुमार श्रेष्ठ आज राजधानीको व्यस्त व्यापारिक केन्द्र कलंकीमा एक सफल र स्थापित व्यवसायीका रूपमा आफ्नो पहिचान बनाउन सफल भएका छन्।
रामेछाप जिल्ला, मन्थली नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा श्रेष्ठद्वारा सञ्चालित ‘बेस्ट होम फर्निशिङ’ आज घर, कार्यालय तथा होटललाई आकर्षक र आधुनिक रूप दिने प्रमुख एवं भरपर्दो गन्तव्य बनेको छ।
कलंकी चोकमा विगत करिब २० वर्षदेखि निरन्तर सञ्चालनमा रहेको यस प्रतिष्ठानले होम डेकोर र इन्टेरियरका क्षेत्रमा छुट्टै साख कमाएको छ। सुरुवाती दिनका चुनौतीहरूलाई पार गर्दै सञ्चालक श्रेष्ठले आफ्नो इमानदार सेवा र गुणस्तरीय सामग्रीका माध्यमबाट हजारौँ ग्राहकको मन जित्न सफल भएका हुन्।
घर, कार्यालय, होटल तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू यहाँ एउटै छानामुनि उपलब्ध छन्। घरलाई सुन्दर र आधुनिक बनाउन प्रयोग गरिने लेमिनेट फ्लोरिङ, पार्केटिङ, आधुनिक एसपीसी फ्लोरिङका साथै विभिन्न डिजाइनका कार्पेट, प्रिमियम परदा, डोरम्याट र म्याट्रेस लगायतका सामग्री ग्राहकले आफ्नो रोजाइ र आवश्यकताअनुसार खरिद गर्न सक्नेछन्।
व्यवसायलाई अझ बढी प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सञ्चालक श्रेष्ठले सामानको गुणस्तरमा विशेष ध्यान दिँदै आएका छन्। ग्राहकलाई बजार मूल्यभन्दा सर्वसुलभ र उचित दरमा सामान उपलब्ध गराउने उद्देश्यले उनले धेरैजसो आधुनिक होम फर्निशिङ सामग्रीहरू चीनबाट प्रत्यक्ष रूपमा आयात गर्ने गरेका छन्। प्रत्यक्ष आयात गरिएका उच्च गुणस्तरका सामान उचित मूल्यमा पाइने भएकाले पनि यहाँ ग्राहकहरूको आकर्षण दिनप्रतिदिन बढ्दो छ।
रामेछापको मन्थलीबाट काठमाडौं आएर आफ्नो मेहनत, अनुभव र निरन्तर लगनशीलताका साथ व्यवसायलाई स्थापित गर्न सफल गणेश कुमार श्रेष्ठ आज होम फर्निशिङ क्षेत्रमा एक परिचित र उदाहरणीय व्यवसायी बनेका छन्। गुणस्तरीय सामान, उचित मूल्य र ग्राहकको विश्वासलाई नै आफ्नो व्यवसायको मुख्य आधार मान्ने श्रेष्ठको यही सोचका कारण कलंकी चोकमा रहेको ‘बेस्ट होम फर्निशिङ’ आज आधुनिकता, गुणस्तर र भरोसाको पर्याय बन्न पुगेको छ।