आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने

कांग्रेसले २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने

नेपाली कांग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमकाे विरोधमा २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। 
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडाैं-  नेपाली कांग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमकाे विरोधमा २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। 

पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। 

ओलीको कदमको विरुद्धमा आन्दोलन गर्ने या चुनावमा जाने भन्ने विषयमा विवाद हुँदा एक बजेका लागि डाकिएको केन्द्रीय समिति बैठक सुरु हुन सकेको थिएन।

पदाधिकारी बैठकको यो निर्णयसँगै केन्द्रीय समिति बैठक सुरु हुन लागेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए।

कांग्रेसको जारी बैठकमा संस्थापन पक्ष चुनावमा जाने पक्षमा छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जाने अडानमा छ। 

सम्बन्धित समाचार

आन्दोलन र चुनावबारे अनिर्णीत कांग्रेसको महाधिवेशन पनि छायामा

 

प्रकाशित: Jan 03, 2021| 09:46 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।