आइतबार, भदौ २१, २०८३

आरतीको बैंक खाता रोक्न राष्ट्र बैंकलाई पत्राचार

मोरङ बुढीगंगा १ को आरती स्ट्रिप्स प्रालिले विना कारण कामबाट १५० कर्मचारीलाई हटाएपछि श्रम तथा रोजगार कार्यालय विराटनगरले बैंक खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

विराटनगर– मोरङ बुढीगंगा १ को आरती स्ट्रिप्स प्रालिले विना कारण कामबाट १५० कर्मचारीलाई हटाएपछि श्रम तथा रोजगार कार्यालय विराटनगरले बैंक खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।

कामबाट हटाएका कर्मचारीलाई आरती स्ट्रिप्सले फर्काउन नमानेपछि नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय र बैंकिङ कार्यालय थापाथलीलाई पत्राचार गर्दै आरती स्ट्रिप्सका देशभरका खाता रोक्न आग्रह गरिएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए। 

तीन दिनको म्याद राखेर निष्कासित मजदुरलाई पुर्नबहाली गर्न निर्देशन दिएपनि अटेर गरेपछि श्रम ऐन  ०७४ को दफा १६७ बमोजिम कारवाही प्रकृया अघि बढाइएको सञ्जेलले बताए।

आरती स्ट्रिप्समा कार्यरत मजदुरले ट्रेड युनियनमा आवद्ध हुन दस्तखत गरेको विषयलाई लिएर कामबाट निकालिएको एक मजदुरले बताए। 

आरतीले श्रम ऐन अनुसारको सुविधा दिनुपर्ने भएपछि मजदुर हटाएको नेपाल कारखाना श्रमिक संघ आरती स्ट्रिप्स इकाईका अध्यक्ष सुरेशकुमार साहले बताए। 

उनले कामबाट हटाएका मजदुरको पुर्नबहाली नभएसम्म आन्दोलन जारी रहने बताए। माग सम्वोधन नभएसम्म उद्योग अगाडि दैनिक विरोध प्रर्दशनका कार्यक्रम गरिने अध्यक्ष साहले बताए। 
 

प्रकाशित: Jan 03, 2021| 04:47 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।