काठमाडौं– नेकपा नेता एवम् पर्यटनमन्त्री भानुभक्त ढकालले माधवकुमार नेपालले पुष्पकमल दाहालको कार्यकर्ता बनेर पार्टी फुटाएको आरोप लगाएका छन्।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली निकट विद्यार्थीहरुको भेलालाई राजधानीमा सम्बोधन गर्दै ढकालले सत्तामा जान नपाइने भएपछि नेपालले पार्टी फुटाएको आरोप लगाएका हुन्।
उनले अनेरास्ववियु सदैव परिवर्तनको पक्षमा रहेको बताए।
मन्त्री ढकालले केपी ओली सरकारमा टिकिरहने बताए। उनले मूलधारको राजनीति बाहिर रहेका साथीहरू केही समयपछि फर्किने पनि दाबी गरे।