आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली पीसीआर रिपोर्ट बनाई दुबई जान लागेका ७ जना विमानस्थलबाट पक्राउ

नक्कली पीसीआर रिपोर्ट बनाई दुबई जान लागेका ७ जना विमानस्थलबाट पक्राउ

कोरोना परीक्षणको नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान लागेका ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं- कोरोना परीक्षणको नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान लागेका ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

फ्लाई दुबईको एफजेड५७४ विमानमार्फत् काठमाडौंबाट दुबई उड्न लागेका विभिन्न जिल्लाका ७ जनालाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा ह्याम्स अस्पतालको नाममा नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएको छ।
पक्राउ पर्नेमा सल्यानको खइरागर–९ मुलखोलाका दिनेश सिंह, भुचक्रपुर–९ धनुषाका तेज नारायण महतो, लक्ष्मीनिवास–९ धनुषाका छेदी महतो, बत्तेश्वर–९ धनुषाका सोलेन्द्र महतो, चिसापानी–७ हेटौडा मकवानपुरका रोशनप्रसाद आचार्य, छत्रदेव–३ अर्घाखाँचीका प्रविन भट्टराई र लब्से–८ सिन्धुलीका माइला लामा छन्।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ।
 

प्रकाशित: Jan 03, 2021| 10:40 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।