आइतबार, भदौ २१, २०८३

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। 
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– पश्चिमी वायुको प्रभावले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। 

पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। 

हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र २ मा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ। 

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस छ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव शून्य र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस छ।

प्रकाशित: Jan 03, 2021| 05:30 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।