आइतबार, भदौ २१, २०८३

डोल्पामा आजदेखि पाँच दिन लकडाउन

डोल्पामा आज (आइतबार) देखि पाँच दिनका लागि लकडाउन गरिएको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

सुर्खेत– डोल्पामा आज (आइतबार) देखि पाँच दिनका लागि लकडाउन गरिएको छ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आजदेखि पुस २३ गतेसम्म लकडाउन  गरिएको हो। 

जिल्ला प्रशासन कार्यालयका अनुसार सदरमुकाम दुनैको पूर्वमा लोचाखोला, पश्चिममा सुलिगाड, उत्तरमा भेरी पारीको सम्पूर्ण बस्ती र दक्षिणमा तिप्ला जानेबाटो क्षेत्र भित्र लकडाउन गरिएको छ । 

लकडाउन अवधिभर जिल्लामा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट नगर्न आग्रह गरिएको छ। 

सदरमुकाम दुनै बजार क्षेत्रका खाद्यवस्तुलगायतका सम्पूर्ण पसल बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खुला गर्न पाइने, होटल, रेष्टुरेन्ट, सैलुन, पुल हाउसजस्ता व्यवसाय पूर्ण रुपमा बन्द रहने छन्।

प्रकाशित: Jan 03, 2021| 03:19 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।