आइतबार, भदौ २१, २०८३

कोटेश्वरमा पेस्तोल देखाएर लुटपाट प्रयास

काठमाडौंको कोटेश्वरमा आइतबार बिहान कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास गरिएको छ। 
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– काठमाडौंको कोटेश्वरमा आइतबार बिहान कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास गरिएको छ। 

बिहान साढे ६ बजे कटुवा पेस्तोल देखाएर एक युवकलाई लुटपाटको प्रयास भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए।

भक्तपुर बस्ने सिन्धुलीका ३० वर्षीय युवराज आलेमगरलाई लुटपाटको प्रयास भएको र प्रतिवाद गर्ने क्रममा पेस्तोल छाडेर अपरिचित व्यक्ति भागेको भन्ने खुलेको छ।

प्रहरीले मगरसँग आवश्यक सोधपुक्ष गरिरहेको छ भने पेस्तोल देखाएर कसले लुटपाट गर्न खोजेको थियो भन्नेबारेमा अनुसन्धान भइरहेको छ। 

‘पेस्तोल देखाएर लुटपाट गर्न खोजिएको र प्रतिवाद गर्ने क्रममा हतियार छोडेर भागेको भन्ने खुलेको छ,’ डीएसपी विष्टले भने, ‘हामी यस सम्बन्धमा थप अनुसन्धान गर्दै छौं।’ 
 

प्रकाशित: Jan 03, 2021| 05:59 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।