आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘दाहालले जनयुद्धका लडाकु, घाइते र सहिदको जहिल्यै बेवास्ता गरे’ 

‘दाहालले जनयुद्धका लडाकु, घाइते र सहिदको जहिल्यै बेवास्ता गरे’ 

दाहाल, माधव र झलनाथलाई चुनौती दिन्छु– आउनुस्, कि मिलेर लडौं कि जनताकहाँ अलगअलग जाऊँ। जनताले कसलाई साथ दिन्छन् हेरौं।’
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– ओली समूहको नेकपा स्थायी कमिटी सदस्य एवम् उद्योग तथा वाणिज्यमन्त्री लेखराज भट्टले पुष्पकमल दाहालले ‘जनयुद्ध’ का घाइते, अपांग, सहिद परिवारप्रति सधैं बेवास्ता गरेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित ओली समूह निकट अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै नेता भट्टले परिवर्तनका लागि लडेका लडाकुबारे पनि दाहालले कहिल्यै नसोचेको बताए।

उनले भने, ‘शान्ति प्रक्रियामा आएपछि कमरेडहरुको आफ्नो परिवर्तन गर्ने काम भयो, त्यसका लागि जनयुद्ध लडेका योद्धाप्रति कसैले केही गरेन।’

भट्टले दाहाल र नेपालले नै पार्टीलाई फुटतिर लगेको बताए।  उनले भने, 'उहाँहरुले नै सबैभन्दा बढी चर्चा गर्नुहुन्छ– गणतन्त्र जान्छ, संघीयता जान्छ भनेर तर उहाँहरुले नै पार्टीलाई फुटतिर लगेर अस्थिरता निम्त्याउन खोज्नुभएको छ।’

उनले दाहाल र नेपालको पदीय स्वार्थका कारण कम्युनिस्ट आन्दोलनलाई एक ठाउँमा हुन नदिने काम भएको आरोप लगाए।

भट्टले भने, ‘ओली सरकारलाई गिराउन लागेका नेताहरू दाहाल, माधव र झलनाथलाई चुनौती दिन्छु– आउनुस्, कि मिलेर लडौं कि जनताकहाँ अलगअलग जाऊँ। जनताले कसलाई साथ दिन्छन् हेरौं।’

उनले दाहालको काम सरकार गिराउने मात्र रहने आरोप लगाए। दाहालले १० वटा सरकार गिराइसकेको भट्टको भनाइ छ।

प्रकाशित: Jan 03, 2021| 10:14 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।