राष्ट्रिय महिला आयोगले बलात्कारपछि हत्या भएको भनिएकी बैतडीको दोगडाकेदारकोे घटनाका दोषीलाई कानूनको दायरामा ल्याई घटनाबारे निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले सरकार र आफ्नो पार्टी चुनावको तयारीमा होमिइसकेको भन्दै कांग्रेसले पनि चुनावको तयारी गर्नुपर्ने सुझाव दिएका छन्।
प्रदेश १ प्रदेशसभाको बैठक फागुन ९ गतेसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश हुने निश्चित भएपछि सत्तापक्षले अवरोध गर्दा बैठक २ मिनेटमै स्थगित भएको हो।
प्रहरीमा उजुरी दिएपछि प्रदेशसभा सदस्यद्वय सुरिता साह र जानकी साहको उपस्थितिमा अबदेखि यातना नदिने र घरमै बस्ने गरी सहमति पनि भयो। तर, सहमति कार्यान्वयन भएको छैन।
महाबु गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीका लागि दर्खास्त आह्वान गरे पनि चिकित्सक पदमा कसैले आवेदन नदिँदा अस्पताल सञ्चालन अन्याेलमा परेकाे छ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल–नेपाल पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ।