शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संरक्षित वन्यजन्तु चितुवाको टाउकोसहित तीनजना पक्राउ

संरक्षित वन्यजन्तु चितुवाको टाउकोसहित तीनजना पक्राउ

संरक्षित वन्यजन्तु चितुवाको दाह्रासहित महानगरीय अपराध महाशाखाले तीनजनालाई पक्राउ गरेको छ। 
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– संरक्षित वन्यजन्तु चितुवाको दाह्रासहित महानगरीय अपराध महाशाखाले तीनजनालाई पक्राउ गरेको छ। 

कारोबार गर्न मानिसहरू हिँडिरहेको भन्ने सूचनाको पछि महाशाखाको टोलीले सुन्धारा स्थित काठमाडौं मलनजिकैबाट तीनजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका– १२ का २० वर्षीय सुजन थिङ र रोसी कै १८ वर्षीय मिङमार मोक्तान रहेका छन्।

तीनैजनालाई खानतलासी गर्दा संरक्षित चितुवाको दाह्रासहितको टाउकोको एक थान फेला परेको थियो। 

पक्राउ परेका तीनैजनालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौं पठाइएको छ।

प्रकाशित: Feb 07, 2021| 10:01 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।