शुक्रबार, भदौ १९, २०८३

दाहाल र नेपालले भने– विगतका कमजोरी सुधार्छौं 

विभाजित नेकपाको दाहाल–नेपाल पक्षले विगतमा भएका कमीकमजोरी सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। 
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– विभाजित नेकपाको दाहाल–नेपाल पक्षले विगतमा भएका कमीकमजोरी सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। 

यही माघ २८ गते काठमाडौंमा आयोजना गर्न लागिएको जनप्रदर्शनका बारेमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संयुक्त भिडियो सन्देश जारी गर्दै यस्तो प्रतिवद्धता गरेका हुन्। 

अध्यक्षद्वयले विगतका कमीकमजोरीको आत्मसमीक्षा गर्न चाहेको उल्लेख गरेका छन्। 

‘हामी विगतमा भएका आफ्ना कमीकमजोरीहरुको आत्मसमीक्षा गर्छौं। हुन गएका कमीकमजोरी सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं,’ सन्देशका क्रममा अध्यक्ष नेपालले भनेका छन्।

यस्तै दाहालले माघ २८ गते काठमाडौंमा हुन गइरहेको विरोध प्रदर्शनामा सहभागी भएर प्रतिगमन परास्त गर्न आमनागरिकलाई आग्रह गरेका छन्। 

तेस्रो चरणको आन्दोलनअन्तर्गत दाहाल–नेपाल समूहले माघ २८ गते काठमाडौंमा विरोध सभा आयोजना गरेको छ।

प्रकाशित: Feb 07, 2021| 11:55 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।