शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भागरथीको हत्याबारे अनुगमन गर्न आयोगको टोली घटनास्थलतर्फ 

भागरथीको हत्याबारे अनुगमन गर्न आयोगको टोली घटनास्थलतर्फ 

राष्ट्रिय मानवअधिकार आयोगले बैतडीकी भागरथी भट्टको हत्या सम्बन्धी घटनाको अनुगमन सुरु गरेको छ। 
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले बैतडीकी भागरथी भट्टको हत्या सम्बन्धी घटनाको अनुगमन सुरु गरेको छ। 

आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमनका लागि टोली घटनास्थलतर्फ गएको आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले जानकारी दिए। 

दोगडाकेदार गाउँपालिका–७ घर भइ सनातनधर्म मा.वि. खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको माघ २१ गते हत्या भएको थियो। 

बलात्कारपछि हत्या भएको भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार पनि गरेको छ। 

विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जंगलमा हत्या गरी फालिएको बुझिएको आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

शान्ति सुरक्षाको अभावमा हुने यस्ता घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भइ मनोविज्ञानमा नकारात्मक असर परेको देखिएको आयोगले जनाएको छ। 

आयोगले घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहतसमेत उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ।
 

प्रकाशित: Feb 07, 2021| 09:28 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।