शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : सत्तापक्षको अवरोधले प्रदेशसभा बैठक स्थगित

प्रदेश १ : सत्तापक्षको अवरोधले प्रदेशसभा बैठक स्थगित

प्रदेश १ प्रदेशसभाको बैठक फागुन ९ गतेसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश हुने निश्चित भएपछि सत्तापक्षले अवरोध गर्दा बैठक २ मिनेटमै स्थगित भएको हो।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

विराटनगर– प्रदेश १ प्रदेशसभाको बैठक फागुन ९ गतेसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश हुने निश्चित भएपछि सत्तापक्षले अवरोध गर्दा बैठक २ मिनेटमै स्थगित भएको हो।

सत्तापक्षको अवरोधका कारण संसद बैठक स्थगित हुनु दुःखद भएको नेकपा दाहाल–नेपाल पक्षका सांसद तथा निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बताए। 

मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश गरिएका अविश्वासको प्रस्ताव टेबुल हुनैपर्ने माग गर्दै नेकपाको दाहाल–नेपाल पक्षले अडान राखेको थियो भने सत्तापक्षले निलम्वित १६ जनालाई प्रवेश निषेध गर्नुपर्ने माग राखेको थियो।

दुवै मागका विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति हुन सकेको थिएन। तर, सभामुख प्रदीपकुमार भण्डारीले ‘नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नं. १ का माननीय मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव ऐ. नियमावलीको नियम १२९ (४) बमोजिम पेश हुने’ कार्यसूची तय गरेका थिए। 

दुईपक्षवीच सहमति जुट्न नसक्दा २ बजेका लागि बोलाइएको बैठक ४ वजेसम्म सुरु हुनसकेको थिएन।

मुख्यमन्त्री राईले संसदीय दलको नेताको हैसियतमा निलम्वन गरिएका १६ जनाको विषय टुंगो नलागेसम्म सदन चल्न नसक्ने सत्तापक्षका नेकपाका प्रमुख सचेतकबुद्धिकुमार राजभण्डारीले बताए। 

प्रकाशित: Feb 07, 2021| 11:00 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।