शुक्रबार, भदौ १९, २०८३

बैतडी घटनाबारे महिला आयोग गम्भीर

राष्ट्रिय महिला आयोगले बलात्कारपछि हत्या भएको भनिएकी बैतडीको दोगडाकेदारकोे घटनाका दोषीलाई कानूनको दायरामा ल्याई घटनाबारे निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ। 
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं- राष्ट्रिय महिला आयोगले बलात्कारपछि हत्या भएको भनिएकी बैतडीको दोगडाकेदारकोे घटनाका दोषीलाई कानूनको दायरामा ल्याई घटनाबारे निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ। 

दोगडाकेदार गाउँपालिका–७ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय किशोरी भगिरथी भट्टको यही माघ २१ गते शंकास्पद अवस्थामा शव भेटिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगले राष्ट्रिय मानवअधिकार आयोगसँग समेत छलफल गरिरहेको सचिव शान्ता अधिकारी भट्टराईले जानकारी दिए।

हिंसाजन्य यस्ता गम्भीर घटनाले व्यक्तिको जीउज्यानको सुरक्षा र मानव अधिकराको गम्भीर उल्लंघन भएको आयोगले महसुस गरेको छ। सो घटनाको अनुगमन तथा अनुसन्धानका लागि तत्कालै आयोगले एक टोलीसमेत गठन गरेको छ। टोलीको नेतृत्व आयोगका सदस्यले गर्नेछन्। 

आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

दोषीमाथि कानूनबमोजिम कारवाही गर्न र पीडित परिवारको सुरक्षा तथा न्यायमा पहुँच पुर्‍याउन आयोगले आग्रह गरेको छ। रासस

प्रकाशित: Feb 07, 2021| 14:03 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।