बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • तेस्रोलिंगीलाई काम पाउनै मुस्किल, त्यसमाथि समाजको हेलाहोचो

तेस्रोलिंगीलाई काम पाउनै मुस्किल, त्यसमाथि समाजको हेलाहोचो

पर्साका तेस्रोलिंगीहरुले खास गरेर विवाह, पार्टी, ब्रतबन्धलगायतमा नाचगान गरेर परिवार पाल्ने गरेका छन्।
 |  आइतबार, माघ २५, २०७७

जियालाल साह

जियालाल साह

आइतबार, माघ २५, २०७७

पर्सा– नेपालको संविधानले सबै नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। तर, तेस्रोलिंगी नागरिकको गुनासो छ– हामीले समाजमा सम्मानपूर्वक बाँच्न पाएनौं, अपहेलित र आलोचित हुनु परेको छ।

National life

पर्साका तेस्रोलिंगीको अवस्था पनि फरक छैन। जिल्लामा करिब चार हजार तेस्रोलिंगी छन्।  तर तीमध्ये एक जनाले पनि नागरिकता प्राप्त गर्न सकेका छैनन्। देशभर तेस्रोलिंगीको संख्या करिब ९ लाख रहेकोमा झन्झटिलो प्रक्रियाका कारण एक सय जनाले पनि नागरिकता नपाएको सरोकारवालाहरु बताउँछन्। 

ब्लु डायमण्ड सोसाइटी (निलहिरा समाज) पर्सा जिल्ला शाखामा ७ जनामात्रै सदस्य छन्, जबकी जिल्लाभर ४ हजारभन्दा बढी तेस्रोलिंगी छन्। उनीहरुलाई जीवनयापन गर्नका लागि रोजगारीको वातावरण नभएको निलहिरा समाजले बताउँदै आएको छ। उनीहरु सानातिना होटल तथा दैनिक ज्यालादारीमा काम गर्छन्। कतिपयलाई त यौन व्यवसायमा समेत लाग्नुपर्ने बाध्यता छ।

पर्साका तेस्रोलिंगीहरुले खास गरेर विवाह, पार्टी, ब्रतबन्धलगायतमा नाचगान गरेर परिवार पाल्ने गरेका छन्। कतिपय वीरगन्जको बसपार्क क्षेत्रमा यौन व्यवसायमा लागेका छन्। तेस्रोलिंगी भएकै कारण काम खोज्न जाँदा गेटबाहिरबाटै फर्किनुपर्ने अवस्था रहेको उनीहरुको गुनासो छ।

तेस्रोलिंगीलाई समाजले हेर्ने दृष्टिकोणमा केही परिवर्तन आए पनि हेला गर्ने, जिस्क्याउने, गालीगलौज गर्ने प्रवृत्ति रहेको भुक्तभोगीहरु बताउँछन्।   आफू तेस्रोलिंगी भएको थाहा पाएपछि घरपरिवारबाट यातनासमेत खेप्नुपर्ने भएकाले कतिपयले खुलेर आफ्नो पहिचानका साथ बाँच्न पाएका छैनन्। समाजबाट पाउने अवहेलना त छँदैछ। 

Laxmi sunrise bank
kumari

बिहार प्रहरीमा आरक्षण

छिमेकी मुलुक भारतको बिहारमा तेस्रोलिंगी समुदायलाई सरकारले आरक्षण छुट्याएर प्रहरीमा भर्ना गर्ने निर्णय गरेको छ। हरेक जिल्लामा अब कम्तीमा एक जना तेस्रोलिंगी प्रहरी निरीक्षक र चार जना प्रहरी हुनेछन्।

बिहार राज्यमा कुल जनसंख्याको ०.०३९ प्रतिशत तेस्रोलिंगी छन्। जनसंख्याको अनुपातमा तेस्रोलिंगीलाई प्रहरीमा आरक्षण छुट्याउन अदालतले आदेश दिएको हो।
 

प्रकाशित: Feb 07, 2021| 08:39 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।