शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भागरथी हत्याको तत्काल निष्पक्ष अनुसन्धान गर्न साझा पार्टीको माग 

भागरथी हत्याको तत्काल निष्पक्ष अनुसन्धान गर्न साझा पार्टीको माग 

बैतडीकी भागरथी भट्टको हत्याको तत्काल निष्पक्ष अनुसन्धान गर्न विवेकशील साझा पार्टीले माग गरेको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– बैतडीकी भागरथी भट्टको हत्याको तत्काल निष्पक्ष अनुसन्धान गर्न विवेकशील साझा पार्टीले माग गरेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग साझाले अनुरोध गरेको हो। 

बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीय किशोरी भट्टको २१ माघमा हत्या भएको थियो। हत्याअघि उनको बलात्कार भएको आशंका गरिएको छ। 

साझाले न्याय प्राप्तिको लागि बैतडी, कञ्चनपुर र देशैभरि भएका शान्तिपूर्ण नागरिक अभियानहरूमा एक्वेबद्धता पनि जनाएको छ। 

शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न सरकार पूर्णतः असफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

साझा पार्टीले सम्पूर्ण नागरिक र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारबाहीलाई मिहीन ढंगले नियाल्न आग्रह पनि गरेको छ।
 

प्रकाशित: Feb 07, 2021| 12:08 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।